नियम ७९
असाधारण पारिवारिक निवृत्तिभरण र उपदान
(१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा कुनै दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुदै पछि मृत्यु भएमा निजको पति वा पत्नी वा यस नियमावली बमोजिम निवृत्तिभरण वा उपदान पाउने ठहरेको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलब को आधा पारिवारिक निवृत्तिभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछ ः-
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएकोमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष भन्दा बढी बीस वर्षभन्दा कम सेवा अवधि पूरा गरी मृत्यु भएकोमा निजले खाइपाई आएको नौं महिनाको तलब बराबरको रकम,
(२) उपनियम (१) बमोजिम असाधारण पारिवारिक निवृत्तिभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी तथा बाबु, आमा भए आजीवन र छोरा वा अविवाहिता छोरी भए एक्काइस वर्षको उमेर पूरा नगरेसम्म वा निज सरकारी सेवामा प्रवेश गरेको जुन मिति अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(३) बहालवाला नेपाल प्रहरी कर्मचारीको तलब वृद्धि हु“दा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अड्ढको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (१) बमोजिमको असाधारण पारिवारिक निवृत्तिभरण र उपदान रकममा समेत वृद्धि हुनेछ ।
(४) यस नियमको प्रयोजनको लागि प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीलाई देहायको अवस्थामा मात्र मान्यता दिइनेछ :—
(क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घट्नु अघि त्यस्तो प्रहरी कर्मचारीसग वैवाहिक सम्बन्ध भइसकेको हुनु पर्नेछ ।
(ख) प्रहरी कर्मचारीको मृत्यु भएको समयमा निजसंग सगोलमा बसेको हुनु पर्नेछ ।